
ग्यालेक्सी ए१०एस नेपाली बजारमा प्रस्तुत
सामसङ्गले हालै ग्यालेक्सी ए१०एस नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी ए१०एस सिरिजको सबैभन्दा नयाँ स्मार्टफोन हो
ग्यालेक्सी ए१०एस मा ६।२ इन्चको इन्फिनिटी–वि डिस्प्ले, नयाँ ड्युअल रियर क्यामरा, शक्तिशाली ४००० एमएएचको व्याट्री तथा फिङ्गगर प्रिन्ट स्क्यानर विद्यामान छन्।
नयाँ ग्यालेक्सी ए१०एस मा ६।२ इन्को एचडी इन्फिनिटी–वि डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले आफूलाई मनपरेको विषयवस्तु अझै सहज तरिकाबाट हेर्न सक्नुहुने छ । यसका अतिरिक्त आजका युवापुस्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्यालेक्सी ए१०एसमा ४००० एमएएचको शक्तिशाली ब्याट्री लाग्दछ, जसले सहज स्ट्रिमिङ्ग, गेमिङ्ग तथा लाइभ ब्रोडकास्टिङमा मद्दत गर्दछ ।
मिलेनियल्सको आवश्यकतालाई सम्बोधन गर्नको लागि ग्यालेक्सी ए१०एसमा ड्युअल रियर क्यामरा सेटअप गरिएकोछ, जसले अन द गो को अवस्थामा पनि आफ्ना बहुमूल्य क्षणहरुलाई क्यामरामा कैद गर्न सकिन्छ ।
ग्यालेक्सी ए१०एसको ड्युअल क्यामरा सेटअपमा एफ १।८ अपर्चरको साथ १३ मेगापिक्सलको प्राइमरी रियर क्यामरा तथा २ मेगापिक्सलको डेप्थ क्यामरा रहेको छ । त्यसै कारणले गर्दा प्रयोगकर्ताले कुनै पनि सब्जेक्टमा केन्द्रित रहँदा आकर्षक फोटो लिन सक्नुहुन्छ भने ब्याकग्राउन्डमा भएको अनावश्यक कुराहरुलाई ब्लर बनाउन पनि सहजै सकिन्छ ।
ग्यालेक्सी ए१०एसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामरा राखिएकोछ जसले गर्दा सफा एवं आकर्षक सेल्फी खिच्न सकिन्छ ।
मल्टिटास्किङ्गको लागि यसमा अक्टाकोर प्रोसेसर राखिएको छ । ग्यालेक्सी ए१०एसमा अधिक सेक्युरिटिज सुविधाहरु जस्तैः पिङ्गगर प्रिन्ट स्क्यानर तथा फेस अनलग रहेको छ । ग्यालेक्सी ए१०एसमा २जीवी र ३२ जीवीमा उपलब्ध छ ।
सामसङ्ग ग्यालेक्सी ए१०एस यही असोज महिनाको ६ गतेदेखि नेपाल अधिराज्यभरका रिटेल शप तथा सामसङका आधिकारिक विक्री केन्द्रहरुबाट सहजै खरिद गर्न सकिन्छ । यसको खरिद मूल्य रु। १६ हजार ७ सय ९० तोकिएको छ । यो फोन विभिन्न तीन आकर्षक रंगहरु नीलो, हरियो तथा कालोमा उपलब्ध रहेको छ ।