
एक कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति
बर्दियाको मोतीपुरबाँसगढी नगरपालिका वडा नं ५ बाँसगढी बजारको एक कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
पुण्यप्रसाद बजगाईंको कपडा पसलमा विद्युत्को तार सर्ट भई आगलागी हुँदा ४० लाखभन्दा बढीको कपडा नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। इलाका प्रहरी, स्थानीयवासी सहयोगमा आगलागी नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट बचाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
This Page Total Views:
855