
आफ्नै साडीमा आगो लाग्दा पोखरा १९ लामाचौरमा एक बृद्धा घाइते
पोखरा- आफ्नै साडीमा आगो लाग्दा पोखरा १९ लामाचौरमा एक बृद्धा घाइते भएकी छन् । तुलसीको मोठमा मोठमा बत्ती बालेर पछाडी फर्कने क्रममा साडीमा आगो सल्किदा ७० बर्षिया टिका देबी केसी घाइते भएकी हुन।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले शनिवार साझपख करिव साढे ५ बजेको समयमा घतना घटेको जनाएको छ ।
प्रहरीका अनुसार घाइते केसीको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोखरामा उपचार भैरहेको छ ,घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
This Page Total Views:
891