
आफ्नै देशमा सानै लगानीमा पनि व्यवसाय गरेर केही गर्न सक्छौ ।
पोखरा मिट मार्ट पर्यटकीय क्ष्रेत्र लेकसाइडमा निकै सफलता पाएको अनि नाम चलेको नाम हो । मासुजन्य व्यवसायमा निकै परिचित यो पोखरा मिटमार्टको एकल सञ्चालक हुन युवा व्यवसायी चिन गुरुङ । लमजुङ घर भई काठमाडौमा ग्रामीण विकास बिषयमा स्नातकोत्तर सकेर धेरै ठाउँमा काम गरेर अनुभव बटुलेका गुरुङ अहिले पोखरामा मासुजन्य व्यवसायमा समर्पित छन। बिहान देखि बेलुका सम्म आफै खटिने गुरुङले पोखरा लेकसाइडमा ८ वर्ष सम्म सफल व्यापार गरेपछी शाखा विस्तारको रुपमा अमरसिह चोकमा पनि मिट मार्टलाई उभाएको छ। यसै सन्दर्भमा पोखरा इन्फो बजारका समाचार संचारकर्मीसङ्गको कुराकानी
तपाइले शैक्षिक योग्यता कति हासिल गर्नु भयो ?
मैले आधारभुत शिक्षा गाउँकै बिधालयमा लिएको छु । अझै उच्छ शिक्षा लिने चाहानामा म काठमाडौ हाकिए अनि इन्टर पाटन हाई स्कुलमा सकेर आर आर क्याम्पस स्नातकमा भर्ना भए । मैले त्रि-चन्द्रबाट ग्रामीण बिकासमा मास्टर सकेको छु।
पोखरा मिट मार्ट प्रालिले सफल व्यबसाय गर्दै ८ बर्ष पूरा गरेको छ । यसै बर्ष मात्र यसले लेकसाइडमा सफलतापछी अर्को शाखाको रुपमा अमरसिह चोकमा पनि खुलेको छ ।
यतिका वर्षको अनुभव, सुरुवाती सोच कस्तो थियो ?
पढाइ सकिए पछी मैले काठमाडौमै बसेर धेरै ठाउँमा पेशा गरे ।आफ्नै पनि त केही गरौ न ! भन्ने सधै मनमा लागिरहन्थ्यो तर के गरौ तनि भन्ने पनि थियो । कहि कतै सुनेको थिए, सरकारले कृषिमा अनुदानको व्यवस्था अनि प्रोत्साहन गर्छ भन्ने थाहा पाए पछी मासु जन्यमा लगानी गरौ भनेर यसैमा कस्सिए । मेहनतले फल पनि दियो । सरकारबाट मलाई उत्कृष्ट रुपमा छनोट गर्दै ३० लाख रुपैया अनुदान पनि दियो । अनि मैले त्यो अनुदानलाई लगानीमै लगाई अझै व्यवस्थित गरे। म अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छु । ग्राहकहरु पनि हामीबाट सन्तुष्ट छन ।हामीले पनि आफ्ना ग्राहक बर्ग माझ हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन लागि परेका छौ।
कतिबाट पोखरा मिटमार्टको सुरुवात गर्नु भयो ? हाल कति छ यसको लगानी ?
सुरुवातमा त मैले निर्वाह मुखीकै रुपमा व्यवसाय अपनाएको थिए । जम्मा ६ लाख रुपैया लिएर मैले यो व्यवसाय अपनाए। पछी यसले राम्रो व्यवसायको रुप लिदै गयो अहिले हामीले लेकसाइडको पहिलो मिटमार्ट मा स्टोरेजको कमी कोल्डरुमको पनि अभाव भए पछी यसलाई बढाउन अमरसिह चोकमा पनि अलि व्यबस्थित रुपमा सरकारले दिएको ३० लाख र फेरि आफ्नै २० लाख रकम गरि जम्मा ५० लाखमा व्यवसाय विस्तार गरेको छु ।दुई ओटा मिट मार्ट गरेर करोड बढी लगानी छ ।
पोखरा मिट मार्टमा ग्राहकले कस्ता कस्ता परिकार पाउछ ?
बिशेषत यहाँ चिकेन अनि मटनका आइटमहरु पाउछन। यसै गरी हामीकहाँ लोकल कुखुराहरु , हाँस ,टर्की पनि पाइन्छ सथै फरक स्वाद चाख्नेहरुलाई हामीले फिस फुडको आइटमहरु पनि हामी कहाँ उपलब्ध छन।
दैनिक कति जना मानिसहरु काममा संग्लग्न हुन्छन मिटमार्टमा ?
लेकसाइडमा १८ र अमरसिहमा ६ जना गरि जम्मा २४ जनाले प्रत्यक्ष रुपमा हाम्रो मिट मार्टबाट रोजगारी पाएका छन। उनीहरु आफ्नो जिम्मेवारी अनुसार समय सापेक्ष आफ्नो ठाउँमा संग्लग्न छन । यसमा मेरो श्रीमतीले पनि मलाई साथ दिएको छ ।
पोखरा महोत्सवमा आउने प्रत्येक अवलोकनकर्ताले खरिद गरेको टिकटको आधारमा ३० रुपैया सम्मको छुट दिनु भएको छ । उदेश्य केहो ?
लेकसाइड क्षेत्रको सफलता पछि अझ यसलाई व्यवस्थित गर्न हामीले अमरसिह चोकमा खोलेका छौ। हामीले अहिले जारी पोखरा महोत्सवमा आउने अवलोकनकर्ताले काटेको टिकेट अर्धकटिको आधारमा प्रती किलो ३० रुपैयाको दरमा छुट दिएका छौ।यसको मुख्य उदेश्य हामी ग्राहक माझ पुग्नु नै हो। हामीले जारी पोखरा महोत्सवको मुमेन्टलाई क्याछ गरेका छौ। यो व्यवसाय सङ्गै बिज्ञापन पनि हो । हामीले दिने ३० रुपैया छुटमा केही नाफा अनि मेरो केही लगानी परेको छ ।
दैनिक कति आम्दानी कति छ ?
लेकसाइडको हकमा हाम्रो दैनिक फिक्स रुपमा ३०० केजी चिकेन अनि ७०/८० केजी मटन हाम्रोमा माग हुँदै आएको छ । अन्य अण्डा देखि प्याकेजेज ससेस हरु पनि तेही मात्रामा माग हुन्छ । लेकसाइडमा मात्र हाम्रो दैनिक डेढ दुई लाखको व्यापार हुन्छ । अमरसिह चोकमा हाम्रो टार्गेट दैनिक १ लाख आम्दानी गर्ने छ तर हामी नयाँ भएर होला साएद अहिले ७०/८० हजार हाम्रो यो महोत्सवमा आम्दानी छ ।
अन्तमा केही सुझाव ?
हामी युवाहरु रोजगारको खोजीमा भौतारि रहन्छौ । आफ्नै देशमा सानै लगानीमा पनि व्यवसाय गरेर केही गर्न सक्छौ भन्ने पहिलो सन्देश दिन चाहान्छु । कृषि प्रधान मुलुकमा हामी सङ्ग धेरै अवसरहरुको पाटाहरु छन ।यसलाई मनै देखि मनन गरेर लागे अवश्य सफल हुन्छ ।