
अबको १० वर्ष पछी बैंकको उच्च व्यवस्थापनमा पुग्ने लक्ष्य छ : ब्रान्च म्यानेजर शाही
स्याङ्जा स्थायी घर भई हाल पोखरामारहेको ग्रीन डेप्लोपमेन्ट बैंक बुद्ध चोक शाखा कार्यालयमा ब्रान्च म्यानेजर रहेका मान बहादुर शाही सानै देखि पढाइमा अव्वल नै थिए। एसएलसी सकेर उच्च शिक्षाका पोखरा झरेका शाही सुरुमा साइन्स बिषय लिएर पढे पछी एका एक जीवनले अर्कै मोड लिए पछी व्यवस्थापन बिषयमा नैपालमै मास्टर सकि बिदेशमा समेत डिग्री लिएर आफ्नै नेपालमा केही गर्नु पर्छ भनेर फर्केका युवा जोस जागर रहेका शाही सङ्ग इन्फोबजार डटकमका सहकर्मी आश तमु सङ्गको छोटो कुराकानी……….
तपाईको बैङ्किङ करिएर कस्तो चल्दै छ ?
अहिले म ग्रीन डेप्लोपमेण्ट बैंकको बुद्ध चोक शाखा कार्यालयको ब्रान्छा म्यानेजरको पोष्टमा कार्यरत छु। जिवनमा जुन उदेश्य लक्ष्य बोकेको छु।त्यो उदेश्य लक्ष्य प्राप्तिको दौडमा छु! सफल हुँदै छु !भई नै रहिरहेको छु।१० बर्ष पछीको एउटा टार्गेट छ , भाग्यले साथ दिए ! सफल हुन्छु कि ?
१० बर्ष पछीको तपाईको टार्गेट के हो ? अहिले पनि त तपाईं राम्रै पोष्टमा हुनु हुन्छ त !
मानिस भए पछी असिमित चाहना रहर हुन्छ ।उसका उदेश्य लक्ष्य हुन्छ। सोच कहिल्यै सानो राख्नु हुदैन । जहिले पनि ठूलो नै राख्नु पर्छ। अंहकार होइन ! सक्छु भन्ने आत्मविश्वास राख्नु पर्छ। अवको १० वर्ष पछी बैंकको उच्च व्यवस्थापनमा पुग्ने लक्ष्य छ।
अवको १० वर्ष पछी बैंकको उच्च व्यवस्थापनमा पुग्ने लक्ष्य छ।
एसएलसी सकिए पछी साइन्स पढ्न भनी पोखरा आउनु भयो ! बैंकिङ क्षेत्रको यात्रा कसरी सुरु भयो ?
२०५५ सालमा मैले भुपु सैनिक बोडिर्ङ स्कुलबाट एसएलसी पहिलो श्रेणीमा पास गरे। परीक्षा सुरु हुने दिन अघि मात्र मुवाले हामीलाई छोडेर जानू भयो। भाइ र बैनी सानै थियो । भोलीबाट परीक्षा थियो ,भाइ किर्या बस्ने अनि म सात दिन सम्म ठाडो किर्या बस्ने र सात दिन पछी मात्र भित्र बस्ने भनी तय भयो। परीक्षा दिन जादा पनि सबैले मलाई घेरेर लैजान्थे ! कसैले नछुनको लागि। एकदमै पिडाबोधको समयमा मैले राम्रै अङ्कमा परीक्षा उतिर्ण गरे। परिवार आफन्त समाजमा राम्रै अङ्क ल्याए पछी बिज्ञान बिषयनै पढ्नु पर्छ भन्ने दवाब हुन्थ्यो। यसरी म पोखराको जनप्रीय बहुमुखी क्याम्पसमा भर्ना भए। कलेज सकिए पछी पनि मैले स्याङ्जामा एक बर्ष अध्यापन पनि गराए अनि फेरि पोखरा फर्किएर पोखरा पृथ्वीनारायण क्याम्पसमा आई स्नातक तहमा व्यवस्थापनमा भर्ना भए। स्नातक सङ्गै स्नातकोत्तर पनि व्यव्स्थापन सकाए।अनि बैंकमा सानै पोष्टवाट करिएर सुरु गरे।
उच्च शिक्षा र नयाँ करिएरको लागि अबोर्ड पनि जानू भएछ ! आखिर फेरि नेपालमै किन फर्कनु भयो ? अन्य नयाँ ठाउँहरुमा किन प्रयास गर्नु भएन कि मन नै लागेन?
मन नै लागेन भनम ! डेनमार्क गएर दुई वर्ष उतै कटाए । जिवनको दुख के हो भन्ने चिज अनि भोगाई त्यहीँ गएर भोगे। डिग्री इन इन्टरनेशनल बिजनेसमा दुई बर्षको कोर्ष गरे अनि ६ घण्टाको ओजेटी । कलेज फिस देखि खान बस्नको लागि १८ घण्टा सम्म काम गर्नु परेको अनुभव छ र फेरि क्लास ! यतिको दुख आफ्नै देशमा गरे के गर्न सकिदैन र ? भन्ने कुरामा मनमा आयो अनि आफ्नै देशमा केही गरौ भन्ने भावना बोकी नेपाल फर्किए।यसपछी कुनै अन्य राष्ट्र तर्फ ध्यान नै गएन । आफुले सिकेको ज्ञान आफुमा भएको क्षमता आफ्नै देशमा लगानी गरौ भनी फर्किए। यदपी नेपालको अर्थतन्त्रमा टेवा पुगाउने तयारी चाहिँ हो मेरो ।
बैंकिङ क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ?
जिवनमा बैंकिङ क्षेत्रमा मेरो पहिलो सुरुवात तत्कालीन फेवा फाइनान्सबाट सबै भन्दा तल्लो तहबाट सुरुवात गरे। चार वर्ष मैले फेवामा काम गरे। यसपछी म बिदेश पढ्न बाहिर गए । फर्किए पछी एक वर्ष सम्म जागिरको निकै भौतारिए धेरै ठाउँमा प्रयास गरे। धेरै ठाँउबाट रिजेक्ट भए तर हार मानिन गर्छु र सक्छु भन्ने आत्मबल थियो।यसै क्रममा युनाइटेड फाइनान्सबाट अपोइमेन्ट लेटर आयो। अब मलाई भने मेरो पुरानो ठाउँबाट काम गरेको अनुभव पत्र बनाउनु पर्ने थियो। म गण्डकी बिकास बैंङ्क पुगे। फेवा फाइनान्स मर्ज भएर गण्डकी बनी सकेको थियो। म त्यही पुगे मलाई गण्डकी बैंकबाट नै तेही काम गर्ने प्रस्ताव आयो। म तेही जमे ! केही समय तेही काम गरे ! यश क्रममा बैंकिङ क्षेत्रमा काम गर्ने सबै हस्तीहरु भेट भयो चिनजान हुँदै गयो। यही क्रममा मलाई ग्रीन डेप्लबमेन्ट बैंकबाट ब्रान्च म्यानेजरको पोष्टमा अफर आए पछी गत साल देखि ग्रीन डेप्लबमेन्ट बैंकमा छु।
काम गर्न चाहनेका लागि बैंकिङ क्षेत्रमा कस्तो अवसर छ?
सुरुमा आफुमा सक्छु भन्ने आत्मबल हुनु पर्दछ । र काम प्रती लगाव पनि । सफल हुन ठुलै सोच नै बनाएर अगाडि बढ्नु पर्छ। बैंकिङ करिएरमा आउन खोज्न्नेहरुको लागि यो क्षेत्रमा धेरै सम्भावना देख्छु।
# यी बाहेक तपाइको अन्य केही योजना छ कि?
– अबको १० बर्ष पछी बैंकको उच्च व्यवस्थापनमा पुग्ने नै मेरो पहिलो लक्ष्य हो। अर्को मेरो उदेश्य युवाहरुलाई आफ्नै देशमा केही गर्नु पर्छ है भन्ने प्रोत्साहन दिन चाहान्छु। हामीले अभियान नै चलाएका छौ। पोखरामा युथ कम्युनिटी क्लवको स्थापना गरेका छौ। जसमा हरेक क्षेत्रका युवा व्यवसायीहरुको जमघट हुन्छ। हामी व्यवसायिक रुपमा आवद्ध भएका सुरुवात गर्न चाहेका र सुरुवात गरेकाहरु सङ्ग परामर्श लिने अनि दिने गर्छौ। यदपी हामी भित्र आइपर्ने आर्थिक समस्या देखि प्राकृतिक प्रकोपमा आइपर्ने समस्याहरुको लागि तयारी सङ्गै अन्य तयारीको लागि मित्रता इन्भेस्टमेन्ट कम्पनी पनि चलाएका छौ। नयाँ सोचौ ठूलो सोचौ।