
अत्याधुनिक सामाग्रीहरुसहितको नयाँ जिम हल पोखरामा संचालनमा
पोखरा- पोखरामा अत्याधुनिक सामाग्रीहरुसहितको ‘बब्स् जिम लेकसिटी’ नामको नयाँ जिम हल संचालनमा आएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा यो जिम हल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तराष्ट्रियस्तरको भएको यसका संचालकहरुले बताएका छन् ।लेकसाइडको चौथो र पाँचौ स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र यो जिम हल संचालनमा आएको छ ।
युवा व्यवसायी वैभव पौडेल र केशव उदासको सँयुक्त लगानीमा जिम हल संचालनमा ल्याएका छन ।
यो जिम हलमा साउना बाथ, स्टिम बाथ, हट वाटर शावरसँगै कफि शप र खुला पार्किङ समेत रहेका छन । त्यो सँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्यान्ह १२ बजेसम्म जिम संचालनमा ल्याउने संचालकहरुले बताएका छन् ।
जिममा अत्याधुनिक कार्डियो मेशिन राखिएको छ । १२ वटा कार्डियो मेशिन रहेको जिममा अरु ५० वटा भन्दा बढि व्यायाम मेशिनहरु पनि रहेका छन् । ‘तौल घटाउने, आवश्यकताअनुसारको शारिरीक बनावट बनाउने, जुम्बासँगै अन्य थुप्रै फिटनेश प्रशिक्षण पनि दिने व्यवस्था रहेको सञ्चालकले बताएका छन।
करिब ३ करोड रुपैयाँ लगानीमा संचालनमा आएको हो। जिम हलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीहरुका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेशनल च्याम्पियन ज्योती थापालाई ‘गेस्ट ट्रेनर’को रुपमा नियुक्त गरेको छ ।
यसैबीच जिमको संचालकहरुले उद्घाटन विशेष छुट प्याकेज पनि सार्वजनिक गरेका छन् । यो प्याकेज अन्तरगत जिममा आउने नियमित खेलाडी तथा जिमरहरुले एकमुस्ट त्रैमासिक, अर्धबार्षिक वा बार्षिक रकम बुझाएको खण्डमा सोही अनुसारको रकम छुट पाउनेछन् । त्यो बाहेक व्यायाम गर्दा आवश्यक सामाग्री र प्रोटिनको खरिदमा १० प्रतिशत छुट पाउने संचालकहरुले बताएका छन् ।